धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते बालकको मृत्यु



नागरिक अपडेट


धनगढी । धनगढीमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा भारतमा मृत्यु भएको छ ।

Advertisement

धनगढी उपमहानगरपालिका–७ को जोखर ताल नजिक ६ जेठमा हाते ट्याक्टरको ठक्करबाट घाइते भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का २ वर्षीय देजल मल्लको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले मल्लको उपचारका क्रममा भारतको रुद्रपुरमा रहेको मेडीसिटी अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन् ।

Advertisement

उनकाअनुुसार बालकलाई जेठ ४ गते साँझ करीब ६ बजेतिर जाखोर ताल नजिकै भजनी नगरपालिका–४ बिजुलियाका जितेन्द्र चौधरीका १४ वर्षीया छोरा आर्यन चौधरीले चलाएको नम्बर नभएको हाते ट्याक्टरले ठक्कर दिएको थियो । बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा राखिएको छ ।

ट्याक्टरको ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो । धनगढीको निसर्ग अस्पतालले उनको अवस्था जटिल देखिएपछि थप उपचारका लागि भारत रेफर गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया