काठमाडौं । सनराइजर्स हैदराबादले आईपीएल २०२५ को आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि फराकिलो जित निकालेको छ । हैदराबादले कोलकातालाई ११० रनले हराएको हो ।
हैदराबादले दिएको २७९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले १८.४ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउन सक्यो । मनिष पाण्डेले सर्वाधिक ३७ रन बनाए । हर्षित रानाले ३४ तथा सुनिल नारिनले ३१ रन बनाए ।
हैदराबादका जयदेव उनादकटले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिए । हर्श दुबेले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिए । इशान मलिंगाले पनि ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७८ रनको विशाल योगफल बनाएको थियो । हेनरिक क्लासेनले ३९ बलमा अविजित १०५ रनको शतकीय पारी खेले । उनले ७ चौका र ९ छक्का प्रहार गरे ।
त्यस्तै ट्राभिस हेडले ७६ रन बनाउँदा अभिषेक शर्माले ३२, इशान किशनले २९ र अनिकेत वर्माले अविजित १२ रन बनाए । कोलकाताका सुनिल नारियनले २ विकेट लिँदा वैभव अरोराले १ विकेट हात पारे ।
यस जितपछि हैदराबादले १४ खेलमा १३ अंकसहित सिजन टुंग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अंकमा सीमित भयो ।
अब आईपीएलमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । सोमबार पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा मंगलबार लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ ।