यूके र क्रोएसियाको प्रलोभन दिएर ठगी गर्ने दुई जना पक्राउ



नागरिक अपडेट


काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन दिएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । । पक्राउ पर्नेमा कञ्चनपुर पुनरबास नगरपालिका–२ घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीया एलिया तामाङ र दोलखा वैतेश्वर गाउँपालिका–६ का काठमाडौंमै बस्दै आएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।

Advertisement

यूके पठाइदिन्छु भन्दै तामाङले पीडितहरुबाट ६ लाख रुपैयाँ र घिमिरेले क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा मंगलबार उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Advertisement

विदेश पठाइदिनेभन्दै रकम असुलेका उनीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलको जिम्मा लगाइएको कार्यालयले जानकारी दिएको छ ।

Advertisement

रकम ठगी गर्ने ३६ वर्षीया एलिया तामाङ र ४० वर्षीय कृष्ण कुमार घिमिरे

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया