बुटवल नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध



नागरिक अपडेट


बुटवल । अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

Advertisement

शुक्रबार बिहानको वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार सडक बन्द भएपछि दाउन्ने, दुम्कीबास र अरुणखोलाका विभिन्न स्थानमा सवारी साधनहरु बाटोमै रोकिएका छन्।

Advertisement

यसैगरी खुर्सानी खोलामा आएको बाढीले पूर्वबाट पश्चिमतर्फ गइरहेको लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको बलेरो जिप समेत बगाएको छ। प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार जिप बगाए पनि मानवीय क्षति भने नभएको र खोला घट्न नसक्दा सडक खुलाउन कठिन भइरहेको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया