काठमाडौँ । २०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २ सय ४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १ सय ८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । यसैगरी दुर्घटनामा परेर ७ सय १९ जना गम्भीर घाइते भएका छन् ।
वैशाखमा ४ हजार ५ सय ६५ सवारी साधन दुर्घटनामा परे । ३ हजार ४९ ठाउँमा भएको दुर्घटनामा ४ हजार ५ सय ६५ सवारी साधन संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटना हुने सवैभन्दा धेरै मोटरसाइकल छन् । वैशाखमा भएका कुल दुर्घटना मध्येमा २ हजार ५ सय ६६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।