संसदको अवरोध हटाउन सचेतकहरुसँग छलफल गर्दै सभामुख



नागरिक अपडेट


काठमाडौँ । सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न सभामुख देवराज घिमिरले संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाएका छन् ।

Advertisement

शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले शुक्रबार मध्याह्न १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् ।

Advertisement

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया