पोखरामा अलपत्र ९ सय यात्रुलाई स्कर्टिङ गरेर काठमाडौं ल्याइँदै



नागरिक अपडेट


काठमाडौँ । गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्दका कारण पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय जना यात्रुहरूलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। सार्वजनिक यातायात बचाउ संघर्ष समितिले जेठ १६ गतेदेखि गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरेपछि यात्रुहरु पोखरामा अलपत्र परेका थिए।

Advertisement

उनीहरूलाई गन्तव्यसम्म सुरक्षित पुर्‍याउनका लागि शनिबार साँझ ६ बजे १९ वटा बसमा स्कर्टिङसहित काठमाडौं पठाउने निर्णय गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Advertisement

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं। २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको कोत्रेसम्म स्कर्टिङ गरेको छ । त्यहाँबाट तनहुँस्थित सशस्त्र प्रहरी बल नं। २३ मनकामना गणले स्थानीय प्रहरीको सहयोगमा यात्रुहरूलाई मुग्लिनसम्म स्कर्टिङ गर्ने बताइएको छ।

Advertisement

गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म सुरक्षा व्यवस्था सुनिश्चित गरी यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने योजना बनाइएको उनको भनाइ छ । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीले प्रदेशभर सार्वजनिक यातायात ठप्प पारेका हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया