पक्राउ परेका नेता रिहा भएपछि राजवादी समूहको आजको उपत्यका बन्द फिर्ता



नागरिक अपडेट


काठमाडौं – राजावादीहरूको प्रदर्शनका क्रममा आइतबार दिउँसो नारायणचौरबाट पक्राउ परेका कमल थापासहितका नेता कार्यकर्ता रिहा भएपछि राजावादी समूहले घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको छ।

Advertisement

आइतबार राति विज्ञप्ति सार्वजनिक गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराएका हुन्।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित सात जना आइतबार साँझ नै रिहा भएका हुन्।

Advertisement

निषेधित क्षेत्र तोड्दै बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नारायणचौरबाट अध्यक्ष थापासहितलाई पक्राउ गरेको थियो। सांसद सिंह भने थापालाई भेट्न जाने क्रममा पक्राउ परेका थिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया