मोटरसाइकल दुर्घटनामा सशस्त्रका सइको मृत्यु



नागरिक अपडेट


विराटनगर । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ खण्डमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका नायव निरीक्षक (सइ) को मृत्यु भएको छ ।

Advertisement

मोरङ कानेपोखरी गाउँपालिका– ४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो । राजवंशी सशस्त्र प्रहरी बलको प्रहरी नायव निरीक्षक (सइ) हुन् । उनी इलामको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए ।

Advertisement

घरबाट कार्यक्षेत्र जाँदै गर्दा उनले चलाएको प्र.१– ०२–००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया