बाबाको उपचारका लागि घर घर पुगेर सहयोग उठाउँदै



नागरिक अपडेट


गंगु कुँवर मगर,गुल्मी। उनी हुन दिलखुश कापडी । हरिपुर नगरपालिका वडा नं.-३,फरहदवा ,सर्लाहीबाट सहयोग उठाउन अहिले उनि गुल्मी झरेका हुन्। आगलागीमा परि घाइते भएका आफ्नो बुबाको औषधि उपचार गर्नका लागि उनी घर घरमा सहयोग उठाउँदै हिंडेका छन् ।आगोमा परी आमा र बहिनीको मृत्यु समेत भएको उनले बताए ।

Advertisement

Advertisement

आमा र बहिनीलाई बचाउन जाँदा बुबा घाइते भएको हो । सिफारिश पत्र देखाउँदै उनले भने । आफूसँगै दाइ अमोध कापडी पनि अर्को गाउँमा सहयोग उठाउँदै हिडेका छन् – गुल्मीदरबारको गौंडाकोट तिर बताउँदै उनले भने । स्कुल नै नपढेको बताउने उनलाई वडाको अध्यक्ष , सचिवको मोबाइल नम्बर त थाहा छैन नै आफूसँगै आएको दाइको समेत मोबाइल नम्बर थाहा छैन ।

Advertisement

गाउँमा उनी जस्ता धेरै आउँछन् सहयोग उठाउन के गर्नु धेरै थोरै दिनै पर्‍यो । सिफारिस पत्र त लिएर हिडेछन् तर वडाको अध्यक्ष अथवा सचिवको नम्बर थाहा छैन भन्छन् । आफूसँगै आएको दाइको त थाहा हुनुपर्ने त्यो पनि थाहा छैन भन्छन् । कसरी भेट हुन्छन् – हातमा सहयोग रकम दिंदै स्थानीय मिनु पुनले भन्नुभयो । उता कतिपय अवस्थामा त गाउँमा सपाङ्ग पनि काम नगरेर यस्तै माग्दै हिंड्ने पनि हुन्छन् -स्थानीय भिम बहादुर सर्तुङ्गीले शंकाउँदै भन्नुभयो ।

जेठ २ गते अन्दाजी १२ देखि १ बजेको समयमा अचानक बिजुलीको ट्रान्समिटर पड्केर घरमा आगलागी भएको र सम्पूर्ण सर सामान जलेर नष्ट भएको साथै आमा र बहिनी आगोमा परि मृत्यु भएको र बुबा उनीहरू लाई बचाउन जाँदा घाइते भएको र उनको उपचारका लागि आर्थिक अवस्था कमजोर भएकोले सहयोग गरिदिनुहुन भनेर वडाको सिफारिस पत्रमा उल्लेख छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया