काठमाडौँ । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद्मा विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा अवरोध गरेपछि संसद् भोलि दुई बजेसम्मका लागि स्थगित भएको हो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि विपक्षी दलहरूले अवरोध कायमै गरेपछि बैठक स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस…