सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु



नागरिक अपडेट


काभ्रे। काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ३ स्थित चुखावेशीमा सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभारत गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय साजन बाईबा छन् ।

Advertisement

सुनकोशीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले बताए ।

Advertisement

मृतक बाईबा वृहत् खानेपानी आयोजनाको ट्याङ्की बनाउने मजदुर हुन् । पौडी खेल्दा डुबेका उनी करिब ५० मिटर तल मृत भेटिएका डीएसपी घलेले जानकारी दिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया