सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ



नागरिक अपडेट


काठमाडौँ । रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगास्थित बोलङ बोलङमा सालोको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा घर भएका ५० वर्षीय विनोदकुमार यस्माली छन् ।

Advertisement

जेठ २७ मा उनले २९ वर्षीय लवकुमार थापा मगरको हत्या गरेको रामेछापका डीएसपी भोलाकुमार भट्टले बताए । आरोपी यस्माली मृतकका भिनाजु हुन् ।

Advertisement

घरायसी विवादमा आरोपीले धारिलो हतियारले घाँटीमा प्रहार गरेर लवको हत्या गरेका हुन् । आरोपीबिरुद्ध अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया