काठमाडौँ महानगरमा तोडियो बालेन र सुनिताको संवादहीनता



नागरिक अपडेट


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् । बुधबार काठमाडौँ प्लाजामा उपमेयर सुनिता डङ्गोलसहित तीन जना वडाअध्यक्षहरुसँग छलफल गरेको खुलेको छ । उक्त बैठकपछि मेयर साह महानगरपालिकाको कार्यपालिका बैठक र नगर सभा बोलाउने सहमतिमा पुगेका छन् ।

Advertisement

उपमेयर डङ्गोलसहित तीन वडा अध्यक्षसँगको छलफलपछि मेयर साह कार्यपालिका बैठक र नगर सभा बोलाउन तयार भएका छन्। छलफलमा वडा– १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र वडा– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सहभागी थिए।

Advertisement

वडा– १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले मेयर साहसँग कार्यपालिका बैठक र महानगरका नियमित कामको विषयमा छलफल भएको बताए । उनले मेयर साहसँगको भेट नियमित भएको उल्लेख गर्दै मेयर साहले चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्न सहमत भएको जनाकारी दिए ।

Advertisement

उनले उपमेयर सहितको बैठकमा चाँडै बैठक बोलाउने आशा रहेको बताए । उनले भने, ‘उपमेयर सहितको छलफल भएको छ । मेयर साहसँगको भेटघाट नियमित हो । तर चाँडै कार्यपालिका बैठक र नगर सभा डाक्ने आशा छ ।’ काठमाडौँ महानगर कार्यपालिकाको बैठक गत पुस १४ गतेयता बस्न सकेको छैन ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा उत्पन्न विवादमा मेयर एक पक्ष र उपमेयर डङ्गोल तथा वडा अध्यक्ष एकै ठाउँमा आउँदा थप समस्या बढ्दै गएको थियो । विवाद सिर्जना भएसँगै मेयरको उपमेयरसँग करिब अढाई महिनासम्म बोलचाल समेत भएको थिएन । बुधवार मेयर र उपमेयरबिचको संवादहीनता समेत तोडिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया