प्रतिनिधि सभा बैठक अवरुद्ध : भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्नुपर्छ



नागरिक अपडेट


काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध छ । छानबिन समिति गठन हुनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गर्दै आएका छन् ।

Advertisement

यसैबीच बिहीबार बसेको प्रतिपक्षी दलहरुको बैठकले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’ को संगठित अपराधको अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

Advertisement

बिहीबार बसेको प्रतिपक्षी दलहरूको पहिलो चरणको बैठकको निष्कर्ष सार्वजनिक गर्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्नेमा प्रतिपक्षी दलहरुको एकमत रहेको बताए ।

Advertisement

‘आजको पहिलो चरणको बैठकको निष्कर्षः हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिसा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ’, झाले भने ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया