भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो



नागरिक अपडेट


भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झन्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो ।

Advertisement

विमानमा चालक दलकासदस्यसहित दुई सय ४२ जना थिए । तीमध्ये दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । एक जना बेलायती नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका छन् । विमान दुर्घटना आवासीय क्षेत्रमा भएकाले थप २४ जनाले ज्यान गुमाएका पछिल्लो विवरण छ ।

Advertisement

योसँगै मृतकको कुल सङ्ख्या दुई सय ६५ जना पुगेको छ । ब्ल्याक बक्स रेकर्डर भेटिएसँगै मृतका परिवार र आफन्त तथा सम्बन्ध अधिकारीहरुले आवश्यक अनुसन्धानपछि दुर्घटनाको सत्यतथ्य पत्ता लाग्ने विश्वास गरेका बीबीसीले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया