बाग्लुङमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार : घाइते १० जनाको उपचार चल्दै



नागरिक अपडेट


काठमाण्डौ – बाग्लुङमा भएको जीप दुर्घटना ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । ढोरपाटन नगरपालिका–५ अस्तुमा हिजो भएको जीप दुर्घटनामा ढोरपाटन नगरपालिका–२ का चार जनाले ज्यान गुमाएका हुन् ।

Advertisement

ज्यान गुमाउनेहरुमा ७० वर्षीय नरबहादुर कार्की, ७५ वर्षीया भीमकुमारी बुढा र मनकुमारी थापा तथा २१ वर्षीया टीकाकुमारी कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

Advertisement

दुर्घटनामा घाइते भएका जीपका चालक २७ वर्षीय गोविन्द थापासहित १० जनाको उपचार भइरहेको छ ।घाइतेमध्ये आठ जनाको मणिपाल अस्पताल पोखरामा र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीको भनाइ छ । अरु दुई जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Advertisement

बुर्तिबाङ बजारबाट ढोरपाटन नगरपालिका–५ चौरका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ च १७७५ नम्बरको जीप हिजो बेलुका दुर्घटना भएको थियो । जीपमा चालकसहित १६ जना थिए ।

बागलुङमा जिप दुर्घटना दुई जनाको मृत्यु

बागलुङमा जिप दुर्घटना दुई जनाको मृत्यु

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया