बागमती र धोबीखोलाले जलस्तरको तह नाघ्यो,नदी किनारमा सावधानी अपनाउन आग्रह



नागरिक अपडेट


काठमाडौं। काठमाडौं जिल्लास्थित बागमती नदी (गौरीघाट) र धोबीखोला (चाबहिल) पानीले सतर्कता तह नाघेको जलमापन केन्द्रले जनाएको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार असार ८ गते राति ११ः३० बजे उक्त स्थानहरूमा जलस्तर बढ्दो क्रममा रहेको र अझै पानी बढ्न सक्ने भएकाले नदी किनारमा यात्रा गर्ने वा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Advertisement

विभागले थप वर्षा हुने सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक रहन अनुरोध गरेको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया