भारतले इरानबाट उद्धार गरिदिएका दुई नेपाली नयाँदिल्ली आइपुगे



नागरिक अपडेट


काठमाडौं- भारतको सहयोगमा युद्धग्रस्त इरानबाट उद्धार गरिएका दुईजना नेपाली नयाँदिल्ली आइपुगेका छन् । भारतले इरानबाट आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा दुईजना नेपालीलाई पनि साथमा ल्याएको हो ।

Advertisement

नयाँदिल्लीस्थित नेपाली दूतावासले गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई भारत सरकारले इरानबाट उद्धार गरेर ल्याएको जनाएको छ । उनीहरू नयाँदिल्लीबाट नेपालतर्फ लागिसकेको नेपाली दूतावासले जनाएको छ ।

Advertisement

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारसँग सहयोग मागेकी थिइन। राणाको उक्त आग्रहलाई स्वीकार गरेर भारत सरकारले नेपालीको पनि उद्धार थालेको थियो । इरानमा सय भन्दा धेरै नेपाली रहेको अनुमान छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया