गुल्मीको गुल्मीदरबार गाउँपालिकाले ल्यायो ५६ करोड बढीको बजेट



नागरिक अपडेट


गुल्मी। गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड ३८ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गुल्मीदरबार गाउँपालिकाले व्यवसायीक रुपमा गोरु तथा राँगो पालक कृषकलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरेको छ ।

Advertisement

गाउँपालिकाको १७ औं गाउँसभामा उपाध्यक्ष तारा थापा ढेँगाले उक्त बजेट प्रस्तुत गर्दै नीति तथा कार्यक्रमसँगै नागरिकको अपेक्षा अनुसारको बजेट प्रस्तुत गरिएको जानकारी दिइन् । बजेट अनुसार पुँजीगत तर्फ २१ करोड ५७ लाख ८७ हजार रुपैयाँ र चालु तर्फ ३४ करोड ८० लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

Advertisement

पालिकाले पूर्वाधार विकास, कृषि सुधार, शिक्षा र स्वास्थ्य सेवा विस्तारमा विशेष जोड दिएको छ । दिगो विकास लक्ष्यको कार्यान्वयन तथा दीर्घकालीन आर्थिक र सामाजिक विकास सुनिश्चित गर्ने वर्तमान संघीय संरचनामा संघ, प्रदेश र स्थानीय तहहरूद्वारा वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्नु विशेष महत्वको विषय बनेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया