गुल्मीको कालीगण्डकी गाउँपालिकाले ल्यायो ५७ करोडको बजेट



नागरिक अपडेट


गुल्मी। कालीगण्डकी गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षका लागि ५७ करोड बढीको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले आगामी आर्थिक वर्षका लागि ५७ करोड दुई लाख ६३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

Advertisement

जसमध्ये चालु तर्फ ३८ करोड ३४ लाख २० हजार रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ६८ लाख ४३ हजार रुपैयाँ रहेको छ । बजेटले स्थानीय आवश्यकतालाई प्राथमिकता दिएको छ ।

Advertisement

Advertisement

बजेटले कृषि तथा पशुपालन, अधुरा योजनाहरु सम्पन्न, आधारभूत र सुरक्षित खानेपानी तथा सरसफाई, सुन्तला जातका फलफूल उत्पादन, शिक्षा र स्वास्थ्यमा सुधार, मुख्य सडकहरुको स्तरोन्तीलगायतका विषयलाई प्राथमिकता दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया