कतारको हवाई मार्ग पुनःखुलेसँगै नेपाल वायुसेवाको वैकल्पिक उडान सम्पन्न



नागरिक अपडेट


काठमाडौँ । नेपाल वायुसेवा निगमले असार ९ गते (२०२५ जुन २३) का लागि निर्धारित काठमाडौँ–दोहा–काठमाडौँ (RA–२३९/२४०) उडान कतार सरकारद्वारा जारी अस्थायी नोटम (नोटिस टू एयरमेन) का कारण स्थगित भएको जानकारी दिएको छ। कतारको आकाश मार्गमा सम्भावित युद्धजन्य सुरक्षा जोखिम देखिएपछि अस्थायी रूपमा मार्ग बन्द गरिएको थियो।

Advertisement

तर, कतार सरकारको निर्णयअनुसार आकाश मार्ग पुनः सञ्चालनमा आएसँगै निगमले प्रभावित यात्रुहरूका लागि असार १० गते दिनको १:३५ बजे वैकल्पिक उडानमार्फत यात्रुहरूलाई गन्तव्यतर्फ पठाइसकेको जनाएको छ। यस बाह्य परिस्थितिका कारण असार ९ को उडान रद्द हुँदा यात्रुहरूलाई परेको असुविधाप्रति नेपाल वायुसेवा निगमले दुःख प्रकट गरेको छ।

Advertisement

निगमले थप जानकारी दिँदै भनेको छ, ‘प्रभावित उडानका यात्रुहरूलाई निगमका अन्य नियमित उडानमा निःशुल्क मिति परिवर्तन वा पूर्ण टिकट रकम फिर्ता गर्ने व्यवस्था गरिनेछ। निगमले अन्त्यमा यात्रुहरूको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, यस्ता अनपेक्षित तथा अनिश्चित परिस्थितिमा अन्तर्राष्ट्रिय मान्यता अनुरूप मात्रै सुरक्षित उडान सञ्चालन गरिने जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया