बागमती प्रदेशसभा बैठक बस्दै



नागरिक अपडेट


मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा सांसदहरूले बजेटमाथि धारणा राख्नेछन् ।

Advertisement

बागमती सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि कुल रु ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक सन्तुलन, उत्पादनशीलता वृद्धि र सामाजिक विकासलाई लक्ष्य गर्दै बजेट प्रस्तुत गरिएको प्रदेश सरकारको दाबी छ।

Advertisement

बजेटमा चालु खर्च तर्फ २६ अर्ब ४४ करोड (३८.६ प्रतिशत) र पुँजीगत खर्च तर्फ ४१ अर्ब ०३ करोड (६१.४ प्रतिशत) विनियोजन गरिएको छ। बागमती सरकारले कृषि क्षेत्रमा २ अर्ब ६३ करोड रुपैयाँ बजेट छुट्टाइएको छ। जसमा आधुनिक मासु प्रशोधन केन्द्रको निर्माण (PPP मोडेलमा), १६ स्थानीय तहमा कीटाणु परीक्षण प्रयोगशाला, ‘एक जिल्ला–एक कृषि उत्पादन’ को नीति, दोलखा र चितवनमा किवी प्रशोधन केन्द्र, हेटौँडाको दूध प्रशोधन प्लान्ट सञ्चालनको योजना रहेको छ ।

Advertisement

सरकारले संस्कृति पर्यटन तर्फ ३ अर्ब ६७ करोड बजेटबाट दोलखाको डाङडुङ्गे हिललाई फिल्म सिटीमा रूपान्तरण, हेलम्बु ग्रेट ट्रेल, सैलुङ मिनी ग्रेटवाल लगायत ट्रेकिङ गन्तव्य विकास, गोकर्णेश्वरमा राजनीतिक क्रान्ति सङ्ग्रहालय स्थापना, चितवनलाई पर्यटन केन्द्रको रूपमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने गरी बजेट व्यवस्था गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया