दोलखा । दोलखाको मेलुङ गाउँपालिका–५ कटुञ्जेमा आफैँ बसेको ढुंगाले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका अन्दाजी १६ वर्षीय कौशुव श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख ज्ञान कुमार महतोका अनुसार आफ़नो घर भन्दा १ सय ५० मिटर पर बाख्रा चराउन गएका श्रेष्ठलाई आफैँ बसेको ढुंगा पल्टिएर अचानक किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
हाल जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको र मृतकको शव मुचुल्का गरेर पोस्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय दोलखा जनाएको छ ।