तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट ज्येष्ठ नागरिकको मृत्यु



नागरिक अपडेट


काठमाडौं । तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका-३ पाँचमानेका नवीन घिमिरले चलाएको बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही नगरपालिका-८ भेटघाट चोकका करिब ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो ।

Advertisement

सवा ८ बजे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि सिटी अस्पताल हुँदै ग्राण्डी पुर्‍याइएकोमा राति सवा ११ बजे मृत्यु भएको हो । चालक घिमिरेलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया