राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट पारित



नागरिक अपडेट


काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

Advertisement

उक्त प्रस्ताव राष्ट्रिय सभा बैठकबाट बहुमतले पारित भएको हो । राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको हो ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया