काठमाडौं । बैंकिङ कसुरको मुद्दामा ४८ लाख रुपैयाँ जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय दिनेश कार्की छन् ।
उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयका लागि उनलाई अदालत उपस्थित गराइने प्रहरीले बताएको छ ।