रविको पक्षमा हस्ताक्षर गरेको आरोपमा प्रहरीका सईलाई हेडक्वार्टर झिकाइयो



नागरिक अपडेट


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रधान कार्यालयमा झिकाइएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए ।

Advertisement

खड्काले भैरहवा कारागारमा पुर्पक्षको लागी थुनामा रहेका पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोप छ । हस्ताक्षर गरेको भनेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि त्यसबारे यकिन गर्न बोलाइएको डीआईजी घिमिरेले जानकारी दिए ।

Advertisement

सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया