तस्करसँगको झडपमा घाइते सशस्त्रका ६ सुरक्षाकर्मी डिस्चार्ज



नागरिक अपडेट


काठमाडौँ । धनुषामा तस्करसँगको झडपमा घाइते भएका सशस्त्र प्रहरीका ६ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् । बिहीबार राति विदेश नगरपालिका–२ स्थित गोबराही इलाकामा तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीका सुरक्षाकर्मीमाथि उनीहरू ढुंगामुढा गरेका हुन् ।

Advertisement

जवाफमा सशस्त्रले १३ राउण्ड अश्रुग्याँस र ४ राउण्ड हवाई फायर गरेको थियो । झडपमा घाइते भएका ६ जना सुरक्षाकर्मी अस्पतालबाट डिस्चार्ज भएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी कालिदास धौबजीले बताए । उनले भने, ‘हाम्रा सबै जना सुरक्षाकर्मी डिस्चार्ज भैसकेका छन् ।’ भारतबाट १६ वटा मोटरसाइकलमा भन्सार छलिको कपडा लिएर आउँदै गरेका तस्कर समूहका सदस्यहरू भारततर्फ नै भागेका छन् ।

Advertisement

सशस्त्र प्रहरीको नम्बर–८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरको टोली तस्कर समूहलाई पक्राउ गर्न खटिएको थियो ।घटनास्थलबाट एउटा मोटरसाइकल बरामद गरिएको डीआईजी धौबजीले बताए । तस्करीमा संलग्नहरूमाथि निगरानी भइरहेको डीआईजी धौवजीले जानकारी दिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया