गाजामा फेरि इजरायली हवाई आक्रमण, १९ जनाको मृत्यु



एजेन्सी


गाजा । गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’ का अनुसार गाजा सहरको अल–जर्का क्षेत्रमा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

Advertisement

यसैगरी गाजाको अस्कौला क्षेत्रमा रहेको एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँच जनाको ज्यान गएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ । मध्य गाजामा रहेको अल–बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ । अल–माघाजी शिविरमा पनि आक्रमणपछि दुई जनाको शव अस्पतालमा ल्याइएको छ ।

Advertisement

त्यस्तै, दक्षिण गाजाको खान युनूसस्थित अल–मवासी क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको शिविरमा इजरायली आक्रमण हुँदा सात जना शहीद भएका छन् भने १० भन्दा बढी घाइते भएका छन् । आक्रमणमा एकजना बुबा र उनका छोराको पनि ज्यान गएको जनाइएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया