७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूचीसहित)



नागरिक अपडेट


काठमाडौँ । बाढी र पहिरोका कारण देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण अनुसार ४ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

Advertisement

अविरल वर्षाका कारण संखुवासभास्थित कोशी राजमार्गमा पूर्णरूपमा अवरोध छ । त्यस्तै, पहिरोका कारण काभ्रेको बनेपा–नाला–भक्तपुर सडकखण्ड तथा सिन्धुपाल्चोकको अरनिको राजमार्ग अवरुद्ध छ ।

Advertisement

यसैगरी, बाढीका कारण डोल्पाको भेरी करिडोर र रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड अवरुद्ध रहेको छ । जाजरकोटको मध्य पहाडी राजमार्ग र बाजुराको मार्तडी–कोल्टी कच्ची सडक अवरुद्ध रहेको प्रहरीको भनाई छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया