२३ वर्षीया युवतीमाथि जबरजस्ती करणी, युवक पक्राउ



नागरिक अपडेट


भक्तपुर । भक्तपुरमा २३ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका-१२ घर भई हाल काठमाडौँ नक्साल बस्ने २४ वर्षीय तिलक घिसिङ रहेका छन्।

Advertisement

घिसिङले चाँगुनारायण नगरपालिका-७ बागेश्वरीमा असार ४ गते ती युवतीलाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। यसै उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया