काठमाडौँ । इजरायली सेनाले यमनका तीन प्रमुख बन्दरगाहहरूमा हवाई आक्रमण गर्नुअघि त्यहाँ रहेका सबैलाई तत्काल खाली गर्न चेतावनी दिएको छ।
सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अड्राईले एक वक्तव्य जारी गर्दै यमनको होदेदाह, रास ईसा, र सालिफ बन्दरगाह तथा होदेदाह पावर स्टेसनलाई निशाना बनाउने तयारी गरिएको बताएका छन्।
इजरायली सेनाको दाबी अनुसार ती स्थानहरूमा सैन्य गतिविधि भइरहेको छ, जसका कारण आक्रमण आवश्यक भएको हो।