सुदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोको जोखिम



नागरिक अपडेट


धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement

विभागका अनुसार बैतडीको गोठलापानी, सिद्धपुर, दार्चुलाको गोकुले क्षेत्र वरपर, डडेलधुराको साहुखर्क, डोटीको पश्चिम सेती, दीपायल, झिंग्राना, बझाङको कालुखेती आसपास र अछामका धेरैजसो ठाउँमा अहिले वर्षा भइरहेको छ।

Advertisement

त्यस्तै, कैलालीको लम्की र टीकापुर वरपर तथा कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा पनि पानी परिरहेको छ। विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षासँगै ठुला बाढीसमेत आएको जनाएको छ। सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रहरूमा समेत पानी परिरहेका कारण बाढी, पहिरो र डुबानको सम्भावना बढेको विज्ञहरूले बताएका छन्।

Advertisement

यस्तो अवस्थामा जल तथा मौसम विज्ञान विभागले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया