सिद्धबाबामा पहिरो खस्दा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु,श्रीमती घाइते



नागरिक अपडेट


पाल्पा । पाल्पाको दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी एक जनाको मुत्यु भएको छ । एकजना घाइते भएका छन् । मंगलबार बेलुकी ६ बजेतिर तिनाउ गाउँपालिका–३, माथिलो शिद्धबाबा नजिकै माथिबाट खसेको पहिरोले लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई लागेको थियो ।

Advertisement

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको मोटरसाईकलमा सवार चालक पाल्पा रामपुर नगरपालिका– ६ तालपोखरा घर भएका जनक भण्डारीको मुत्यु भएको हो । मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ ।

Advertisement

दिउँसो ४ बजेतिर एकाएक माथिबाट पहिरो खसेर मोटरसईकलका चालकलाई लागेको र चालक उछिट्टिएर २९ मिटल तल तिनाउ किनारमा पुगेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

पहिरोमा परी घाइते कल्पनाको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको प्रहरी चौकी दोभानका प्रमुख रुम केसीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले साे क्षेत्रमा रातिमा यात्रा नगर्न आग्रह गरेकाे छ । पानी परेकाे बेलामा जुनसुकै बेलामा पहिराे खस्ने भएकाले सिद्धार्थ राजमार्ग लगायत अन्य सहायक मार्गमा रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेकाे हाे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया