बुटवल । बुटवलमा एक महिला सामूहिक बलात्कारमा परेकी छिन । बुटवल उपमहानगरपालिका–५, राधाकृष्ण मन्दिर नजिक साई मन्दिर परिसरमा बस्दै आएकी एक ४० वर्षिय महिलामाथि शनिबार राति सामुहिक बलात्कार भएको हो ।
आईतबार बिहान कालिका मन्दिर नजिक अचेत अवस्थामा रहेकी महिलालाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै उनको लुम्बिनी प्रादेशिक अस्पतालमा जाच गरेपछि बलात्कारको घटना बाहिर आएको हो ।
शारीरिक र मानसिक पिडामा रहेकी महिलाको स्वास्थ्य अवस्था प्रति प्रहरीप्रशासन गम्भीर नदेखिएको स्थानिय बासिन्दाको गुनासो छ । चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको र पिडितको उपचारमा लापरवाही भएको एक स्थानियको आरोप लगाए ।
रात्रीकालिन बजारको अवधारणा सहित उज्यालो बुटवलको नारा चलाईरहदा घटेको यो घटनाले सुरक्षा संवेदशिलताप्रति सरोकारवालाहरुको भुमिकालाई प्रष्टाएको छ । स्थानीय समाजसेवीहरूले पीडित महिलालाई न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।





