उपत्यकामा विपद् उद्धारका लागि सशस्त्रका ४ सय प्रहरी तैनाथ



नागरिक अपडेट


काठमाडौँ । काठमाडौँ उपत्यकामा मनसुनजन्य सम्भावित विपद्मा परिचालन हुने गरी सशस्त्र प्रहरीले आफ्नो ४ सय प्रहरी तयारी अवस्थामा राखेको छ ।

Advertisement

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रत्येक गणमा २ प्लटुन , गुल्ममा १ प्लटुन तथा सुरक्षा बेस हरुमा १ सेक्सन फौज तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए । उनका अनुसार करिब ४ सय फौज विपद् उद्धारका सामाग्री सहित २४ घण्टा स्ट्याडबाई राखिएको छ ।

Advertisement

भक्तपुर स्थित गुहेश्वरी गण ,ललितपुर स्थित दक्षिणकाली गण , कीर्तिपुरस्थित निलबाराही गण , सिनामंगलस्थित विपद् उद्धार गण, बाघभैरब गुल्म तथा सुरक्षा बेस हरुमा आवश्यक विपद् उद्धार सामाग्री सहित तयारी अवस्थामा राखिएको उनले बताए ।

Advertisement

बर्सातको कारण उपत्यकामा हालसम्म जोखिमको अवस्था देखिएको छैन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया