कोशीदेखि कर्णालीसम्म मेघगर्जनसहित वर्षा,सावधानी अपनाउन आग्रह



नागरिक अपडेट


काठमाडौँ । हाल कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भू–भाग, गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ र कास्की, साथै कर्णाली प्रदेशको जाजरकोट,सुर्खेत, डोल्पा र मुगु (सिमिकोट आसपास) का जिल्लामा मौसमी प्रणाली सक्रिय रहेको छ ।

Advertisement

Advertisement

सो क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार हाल देखिएको मौसमी प्रणाली दक्षिण पश्चिम दिशातर्फ विस्तार हुँदैछ।

Advertisement

जसका कारण ती क्षेत्र आसपासका जिल्लाहरूमा आगामी केही घण्टासम्म पनि मौसम अस्थिर रहने सम्भावना छ। सम्भावित जोखिमका कारण महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया