गाजामा खाद्य सामग्री लिन गएका प्यालेस्टाइनीमाथि फेरि गोली प्रहार,३२ जनाको मृत्यु



एजेन्सी


जेरुसेलम। गाजामा खाद्य सामग्री लिन गएका प्यालेस्टाइनीहरूको समूहमाथि इजरायली सैनिकले शनिबार फेरि गोली चलाएको छ । यस घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार इजरायली सेनाले भने सन्दिग्ध व्यक्तिहरूलाई देखेपछि उनीहरूलाई रोक्नका लागि हावामा गोली चलाएको बताएको छ। तर, घाइतेहरूका अनुसार सेनाले चेतावनी स्वरूप नभई सीधै मानिसहरूमाथि गोली चलाएको थियो।

Advertisement

राहत वितरण केन्द्र नजिक ९०० जनाको मृत्यु
संयुक्त राष्ट्र सङ्घका अनुसार पछिल्ला सात हप्तामा राहत सामग्री वितरण गर्ने केन्द्रहरू नजिक इजरायली सेनाको गोलीबाट करिब ९०० जना मारिएका छन्।

Advertisement

पीडितहरूका अनुसार घटनाको समयमा एकातिरबाट ट्याङ्क र अर्कोतिरबाट इजरायली सेनाका गाडीहरू आए र त्यसपछि मानिसहरूमाथि अन्धाधुन्ध गोली चल्न थाल्यो।

घटनाबारे गाजामा राहत सामग्री वितरण गर्दै आएको अमेरिकी संस्था जीएचएफले आफ्नो परिसर नजिक यस्तो कुनै घटना नभएको जनाएको छ।

प्राप्त जानकारी अनुसार मानिसहरू बिहान हुनुभन्दा अघि अँध्यारोमै वितरण केन्द्रतर्फ गइरहेका थिए ताकि उनीहरू लाइनमा अगाडि बसेर चाँडै सामग्री पाउन सकून्। अँध्यारोमा उनीहरूको गतिविधि देखेर इजरायली सेनाले सन्दिग्ध ठानेर गोली चलाएको बताइएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया