गुल्मी । नेपाली मौलिक कला, संस्कृति र परम्पराको पहिचान बोकेको पञ्चेबाजाको तालमा आधारित नयाँ गीत ‘बधाई बधाई छ’ सार्वजनिक भएको छ।
गायक विनोद विष्टको प्रस्तुतिमा तयार भएको उक्त गीतमा विनोद विष्ट र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर रहेको छ। नेपाली मौलिकता र सांस्कृतिक परम्परालाई समेटेर तयार पारिएको गीतको शब्द विक्रम बाबु विश्वकर्माले लेखेका हुन् भने लय तथा संगीत नन्दु परियारको रहेको छ।
गीतको म्युजिक भिडियोमा हिरा थापा मगर र आशिष पौडेलले आकर्षक नृत्य तथा अभिनय प्रस्तुत गरेका छन्। पञ्चेबाजाको मौलिक धुन, नेपालीपन र मनोरञ्जनलाई समेटेर तयार पारिएको गीतले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय आधुनिक संगीतको प्रभाव बढ्दै गइरहेको अवस्थामा नेपाली लोकसंस्कृति र परम्परालाई संगीतमार्फत निरन्तरता दिने प्रयासस्वरूप तयार गरिएको यस गीतले नेपाली मौलिक संगीतप्रेमीहरूलाई विशेष आकर्षित गर्ने विश्वास गरिएको छ।
गायक विनोद विष्टको नयाँ गीत ‘बधाई बधाई छ’ नन्दु परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
विनोद विष्टका यसअघि पनि विभिन्न गीतहरू सार्वजनिक भइसकेका छन्। उनका ‘बैमानीको माया’, ‘मायाको झल्को’, ‘छम्म छम्म’ र ‘सारी सियार’ लगायतका गीतहरू दर्शक तथा स्रोतामाझ चर्चित रहेका छन्। यसअघि सार्वजनिक गीतहरूबाट राम्रो प्रतिक्रिया पाएका विष्टले नयाँ गीत ‘बधाई बधाई छ’ मार्फत पनि दर्शक तथा स्रोताको माया र साथ पाउने अपेक्षा गरेका छन्।
भिडियो





