काठमाडौँ। पछिल्ला तीन घण्टामा सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, हरैचा र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको र आगामी घण्टाहरूमा थप वर्षा जारी रहने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आइतबार बिहान १२:३५ बजे एक सूचना जारी गर्दै सेउती, सर्दु, सुनसरी खोला, खेसलिया, चिसाङ, लोहन्द्रा लगायत साना खोलानालाहरूमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) बढ्न सक्ने सम्भावनाबारे चेतावनी दिएको छ।
साथै, होचा भू–भागहरूमा डुबानको जोखिम उच्च रहेको हुँदा नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई बिहानसम्म विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।





