धनुषामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह



नागरिक अपडेट


धनुषा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। देशभर साधरणतया बदली रहेको छ भने कोशी प्रदेश,मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

Advertisement

Advertisement

गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। आइतबार बिहान बिहान ८:५६ बजेको मापन अनुसार पछिल्लो १ घण्टामा धनुषा जिल्ला स्थित तुलसी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

सो क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया