महिनाथपुर सीमा क्षेत्रमा एसएसबीमाथि आक्रमण,बन्दुक खोस्न खोज्दा चल्यो गोली



नागरिक अपडेट


जनकपुरधाम । नेपाल भारत सीमास्थित धनुषाको महिनाथपुर नाका पारी एसएसबी जवानमाथि आक्रमण भएको छ । भारततर्फ जयनगर अनुमण्डलको बासो पट्टी थाना अन्तर्गत महिनाथपुर बोर्डरमा बिहान १० बजे एसएसबी जवानको बन्दुक खोस्न खोज्दा गोली चलाएको छ ।

Advertisement

त्यस क्रममा आक्रमण गर्ने एकजनाको कम्मरमा गोली लागेको भारतीय प्रहरीले जनाएको छ । सो क्रममा एकजना एसएसबी जवान घाइते भएका छन् । आक्रमण गर्ने एक जनालाई पक्राउ समेत गरेको भारतीय प्रहरीले जनाएको छ ।

Advertisement

भारतीय प्रहरीका अनुसार, नेपाल तर्फबाट कच्चीबाटो भएर प्रवेश गरेको ४।५ जना व्यक्तिलाई एसएसी जवानले रोक्न खोज्दा विवाद भएको थियो ।त्यस क्रममा उनीहरुले एसएसवी जवानमाथि नै आक्रमण गरेर बन्दुक खोस्न खोजेका थिए ।

Advertisement

त्यस क्रममा आत्मरक्षाका लागि एसएसबीले दुई राउण्ड गोली प्रहार गरेका थिए । सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बोर्डर पारितिर एसएसबी विवादको क्रममा चार राउण्ड गोली प्रहार गरेको बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया