कमलादीमा स्कुटर दुर्घटना हुँदा २५ वर्षीय युवतीको मृत्यु



नागरिक अपडेट


काठमाडौँ । काठमाडौँको कमलादीमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भएर वनस्थली बस्ने २५ वर्षीय समीक्षा रिजालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।

Advertisement

बिहीबार बिहान साढे २ बजेतिर प्रज्ञाभवन अगाडी सडकमा रिजालले चलाएको बागमती प्रदेश–०२–०३४ प ३४५८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

Advertisement

स्कुटर विद्युतको पोलमा ठोक्किएपछि प्रहरीले रिजाललाई उपचारको लागी ट्रमा सेन्टरमा पठाएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरी वृत्त मालिगाउँले अनुसन्धान गरिरहेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया