गुल्मीस्थित कालीगण्डकी करिडोर : दुई स्थानमा पहिरो, सडक अवरुद्ध



नागरिक अपडेट


गुल्मी । गुल्मीस्थित कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्डमा वर्षापछि आएको पहिरोका कारण ८ किलोमिटर क्षेत्रभित्र दुई स्थानमा सडक अवरुद्ध भएको छ।

Advertisement

गुल्मी प्रहरीका अनुसार गरगरे सडक खण्डको पहिरो भने हटाउने काम सकिएको छ। बाँकी दुई स्थान मुल्क र कनौटामा पहिरो हटाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ।

Advertisement

लगातारको वर्षाका कारण करिडोरमा ठूला पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।प्रहरी, सडक विभाग र स्थानीयबासीको सहकार्यमा अवरुद्ध सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको छ।

Advertisement

यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ। करिडोर पटक-पटक अवरुद्ध हुने गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया