कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने



नागरिक अपडेट


काठमाडौँ । कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो । आगामी भदौ २८ र २९ गते पूरक परीक्षा(ग्रेड वृद्धि) हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

Advertisement

कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो ।परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया