स्थानीय तहमा विद्यालयको जिम्मेवारी गएपछि नतिजामा सुधार : बोर्ड



नागरिक अपडेट


काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय तहमा विद्यालयको जिम्मेवारी गएपछि नतिजामा सुधार भएको बताएका छन् । सोमबार प्रकाशित कक्षा १२ को नतिजामा सुधार आउनुको प्रमुख कारणका रूपमा उनले स्थानीय तहले विद्यालय शिक्षाको जिम्मेवारी पाउनु भएको बताए ।

Advertisement

बोर्डका अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । यस वर्ष अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको अध्यक्ष शर्माले बताए ।

Advertisement

‘स्थानीय तहमा विद्यालयको जिम्मेवारी गएपछि, पठन संस्कृति सुधार भएको, प्रश्नपत्रको मापदण्डमा सुधार गरिएकाले पनि नतिजामा सुधार आएको हो,’ उनले भने ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया