काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दिएका १७ जनाको परीक्षाफल रद्द गरिएको जनाएको छ ।
सोमबार बोर्डले नतिजा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महाश्रम शर्माले १७ जनाको परीक्षाफल रद्द गरिएको जानकारी दिए ।
नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षा रद्द भएको उनको भनाइ छ । अमर्यादित गतिविधि गर्नेहरूको परीक्षाफल रद्द भएको बताइएको छ ।