काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मङ्गला गाउँपालिका–४ घर भएर ललितपुर बस्ने ३६ वर्षीय नर बहादुर बुढाथोकी र पाँचथरको फिदिम घर भएर टोखा बस्दै आएका ४६ वर्षीय उमेश हिङमाङ छन् ।
मंगलबार उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
बुढाथोकीले युएई पठाउँछु भनेर १ लाख र हिङमाङले पनि युएई पठाउँछु भनेर ११ लाख ठगी गरेको पीडितहरुले बताएका छन् । उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।