आरोप लागेपछि स्पष्टीकरण दिन पाउनु मेरो अधिकार हो : गृहमन्त्री लामिछाने



नागरिक अपडेट


गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपको विषयमा स्पष्टीकरण दिन पाउनुपर्ने बताएका छन्। सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफ्नो जवाफ नै नसुनी छानबिन समिति बनाउने कुरा स्वीकार्य नभएको स्पष्ट पारे।

Advertisement

‘ममाथि निरन्तर रूपमा उहाँहरू (कांग्रेस)ले आरोप लगाएपछि एकपटक आफ्नाबारेमा उठेका प्रश्नको बारेमा जवाफ दिन पाउनुपर्छ, त्यो मेरो अधिकार हो। कसैले खोसेर खोसिने कुरा होइन। सार्वभौम संसदमा त्यति अधिकार सबैको हुन्छ,’ उनले भने। संसद्को बेल घेरेर आफूलाई बोल्नसमेत नदिइएको भन्दै लामिछानेले एकपटक आफ्नो ‘हातखुट्टा खोलिदिन’ चेतावनी दिए।

Advertisement

‘आरोप लगायो, बोल्न दिइएन। हात पनि बाँधिदिने, छिर्न पनि नदिने, मुख पनि थुनिदिने अनि किन डराएको भन्ने? हातखुट्टा, मुख खोलिदिएर हेर्नेस् न अनि थाहा हुन्छ,’ उनले भने, ‘पहिले मेरो कुरा सुन्नुपर्‍यो नि। सुन्दै नसुनी एकैचोटी छानबिन समिति बनाइदिन्छौँ भन्ने, बोल्न पनि नदिएर। आफ्नो कुराको क्लारिफिकेसन पनि दिन नदिएर, बेल घेरेर समिति बनाउनुपर्छ भनेर हुन्छ? त्यो न्यायसंगत हो र? आफ्ना कुरा स्पष्ट पारेपछि उहाँहरूले डिसाइड गरे हुन्छ नि।’

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया